Aafno Khabar

स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस बन्यो पहिलो पार्टी, अन्यको अवस्था कस्तो

  • आफ्नो खबर
  • May 22, 2022 प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत ७५३ मध्ये ७ सय ८ पालिकाको अन्तिम परिणाम घोषणा भएको छ । हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१२ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ ।

नेकपा एमालेले १९१ पालिका प्रमुख र २१८ उपप्रमुख जितेको छ । नेकपा माओवादी केन्द्र १ सय २० पालिका प्रमुखमा विजयी हुँदा १२५ उपप्रमुख जितेको छ । जनता समाजवादी पार्टी (जसपा) ले २८ पालिका प्रमुख र २९ उपप्रमुख आफ्नो पक्षमा पारेको छ ।

नेकपा एकीकृत समाजवादीले १७ पालिका प्रमुख र २१ उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १२ पालिका प्रमुख र ९ उपप्रमुख जितेको छ ।

राप्रपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले ४–४ पालिका प्रमुख जितेका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १५ पालिका प्रमुख जितेका छन् ।

मतगणना भइरहेको पालिकामध्ये कांग्रेस १३ ठाउँमा अगाडि छ भने एमाले १५ ठाउँमा अगाडि छ । यस्तै माओवादी केन्द्र २, जसपा ३, एकीकृत समाजवादी २, लोसपा ५ र अन्यले ३ पालिकामा अग्रता लिएका छन् ।