काठमाडौं । देशका ६ वटा महागरपालिका मध्ये विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले जितेको छ ।
विराटनगरमा कांग्रेसका नागेश कोइराला मेयरमा निर्वाचित हुँदा उपमेयरमा भने एमालेकी शिल्पा कार्की निर्वाचित हुनु भएको छ ।
यता, काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म एक लाख ३ हजार बढी मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजारभन्दा बढी मतको अग्रता लिनुभएको छ ।
बालेन शाहले ४० हजार ४५२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २३ हजार ५३ मतसतिह दोस्रो स्थानमा उक्लिनुभएको छ । नेकपा एमालेका केशव स्थापित २२ हजार ३८७ मतसहित तेस्रो स्थानमा झर्नुभएको छ ।
काठमाडौंमा अब करिब ८२ हजार मत गन्न बाँकी छ । उता चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ ।
दाहालले ३६ हजार७९७ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत पाउनु भएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गर्नुभएको छ ।
यता, लतिपुर महानगरको मेयरमा चिरीबाबु महर्जनले ३० हजार ८६० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार २०१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै पोखरा महानगरपालिकामा गठबन्धन तर्फका नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४१ हजार ७०५ मत ल्याउँदा एमालेका कृष्णबहादुर थापाले ३८ हजार ३१० मत पाउनु भएको छ ।
वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहले ३३ हजार ३१५ मत प्राप्त गर्दा एमाले उम्मेदवार विजयकुमार सरावगीको १७ हजार ४२० मत छ ।