Aafno Khabar

यक्रुेनको मारिउपोल शहर रुसको कब्जामा

  • आफ्नो खबर
  • May 21, 2022 प्रकाशित

एजेन्सी । रुसले युक्रेनको मारिउपोल शहरमा कब्जा गरेको घोषणा गरेको छ । युक्रेनको बन्दरगाह शहर मारिउपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो ।

५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेसँगै मारिउपोल शहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिनुभएको थियो ।

मारिउपोल शहरको स्टिल कारखाना रुसी सेनाको घेराबन्दीका कारण फसेका आफ्ना सयौं नागरिक र सैनिकको ज्यान बचाउन ठाउँ छोड्ने अनुमति दिएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उल्लेख गरेका छन ।

रुसले सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन गरेको महिनौंको हमलाका कारण मारिउपोल शहर ध्वस्त भएको छ । त्यहाँका भवन तथा उद्योगहरु रुसी आक्रमणबाट भग्नावसेशमा रुपान्तरण भएका छन् ।