काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत अन्तिम परिणाम आएका पालिकाको सङख्या ६ सय ८७ पुगेको छ । हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३०५ पालिका प्रमुख जितेको छ ।
कांग्रेसले २८० पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले १८७ पालिका प्रमुख जितेको छ । एमालेको भागमा २१२ उपप्रमुख परेको छ । यस्तै नेकपा माओवादी केन्द्र १ सय १७ पालिका प्रमुखमा विजयी हुँदा १२१ उपप्रमुख जितेको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले २३ पालिका प्रमुख जितेको छ । जसपाले २५ उपप्रमुख आफ्नो पक्षमा पारेको छ । नेकपा एकीकृत समाजवादी १७ पालिका प्रमुख र २१ उपप्रमुख जितेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका प्रमुख र ९ उपप्रमुख जितेको छ । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले २७ पालिका प्रमुख तथा १८ उपप्रमुख जितेका छन् ।
मतगणना भइरहेको पालिकामध्ये कांग्रेस १९ ठाउँमा अगाडि छ भने एमाले १९ ठाउँमा अगाडि छ । यस्तै माओवादी केन्द्र ४, जसपा १०, एकीकृत समाजवादी २, लोसपा अन्यले ५ पालिकामा अग्रता लिएका छन् ।