Aafno Khabar

बुटबल उपमहानगरमा कांग्रेसका पाण्डेयको जित पक्का

  • आफ्नो खबर
  • May 21, 2022 प्रकाशित

n’lDagL, #) j}zfvM dtbfg ub}{ v]n/fh kf08]a’6jn pkdxfgu/kflnsfdf g]kfnL sf+u|];sf tkm{af6 gu/k|d’vsf k|Tof;L v]n/fh kf08] j8f g+ * l:yt dtbfg s]Gb|df dtbfg ub}{ . tl:a/M e/t s];L÷/f;;

रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयको जित निश्चित भएको छ । यस्तै, उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित पक्का भएको ।

बुटवल –११ को ४५ सय मत गन्न बाँकी छँदा पाण्डेय र अर्यालको अग्रता सोभन्दा बढी भएको छ । पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि रहेका छन् ।

बुटवलका १९ मध्ये १८ वडा र गणना भइरहेको बुटवल–११ को ५९ सय मत गणना हुँदासम्म खेलराजले २९ हजार ७६ मत पाएका छन् भने भट्टराईको मत २० हजार ८१९ रहेको छ ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङभन्दा अर्याल ६ हजार बढी मतले अगाडि छिन् ।

यसअघि, गठबन्धनको तर्फका उम्मेदवारले विराटनगरबाट महानगरपालिकाबाट महानगरमा विजयी शुरुवात गरेका छन । बिराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित हुनुभएको छ ।

उहाँले एमालेका सागरकुमार थापालाई ८ हजार ७१५ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । कोइरालाले ३० हजार १७० मत ल्याउँदा थापाले २१ हजार ४५५ मत ल्याउनुभयो ।

उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा कार्की विजयी हुनुभयो । उहाँले जनता समाजवादी पार्टीका अमरेन्द्र यादवलाई पराजित गर्नुभयो । कार्कीले २५ हजार ६८० मत ल्याउँदा यादवको २४ हजार २१९ मत आयो ।

सम्बन्धित शीर्षकहरु