Aafno Khabar
add khanepani

काठमाडौंमा बालेन, भरतपुरमा रेनुको अग्रता अन्य महानगरमा कसको मत कति ? (ताजा अपडेट)

  • आफ्नो खबर
  • May 20, 2022 प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत अहिले ६ महानगरपालिकाको मतगणना चलिरहेको छ । जारी मतगणनामा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता हुँदा बाँकी पाँच महानगरमा गठबन्धन दलका उम्मेदवाको फराकिलो अग्रता छ ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वततन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम छ । उहाँले एमालेका केशव स्थापितलाई १३ हजार ६६१ मतले पछि पार्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहमाथि १४ हजार ५७२ मतको अग्रता बनाउनुभएको छ ।

कुल ७८ हजार ३६० मतगणना हुँदा शाहले २९ हजार ५८२, स्थापितको १५ हजार ९२१ र सिंहको १५ हजार १० मत छ । उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता छ । उहाँको २६ हजार ५७५ र नेकपा एसका रामेश्वर श्रेष्ठको ८ हजार ५९१ मत छ ।

उता चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालले एमाले उम्मेदवार विजय सुवेदीलाई ३ हजार १८५ मतले पछि पार्नुभएको छ ।

दाहालको २१ हजार ९६४ मत रहेको छ भने सुवेदीको १८ हजार ७७९ मत छ । भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाउनुभएको छ । अधिकारीको २४ हजार ८४६ मत हुँदा राप्रपाकी हिमला गुरुङको १५ हजार ३११ मत छ ।

लतिपुर महानगरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारमाथि फराकिलो अग्रता लिनुभएको छ ।

९ हजार ६९६ मतको अग्रता बनाउनुभएका महर्जनको २२ हजार ८२० मत हुँदा ब्यञ्जनकारको १३ हजार १२४ मत छ । उपमेयरमा एमालेकी मन्जली शाक्यको अग्रता छ । उहाँको ११ हजार ९६५ मत र माओवादीका बाबुराज बज्रचार्यको ८ हजार ४२६ मत छ।

पोखरा महानगरपालिकामा गठबन्धन तर्फबाट नेकपा एसका उम्मेदवार धनराज आचार्यले एमालेका कृष्णबहादुर थापामाथि ३ हजार २०६ मतको अग्रता बनाउनुभएको छ ।

आचार्यको २८ हजार ५६३ र थापाको २५ हजार ३५७ मत छ । उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । उहाँले २९ हजार २० मत ल्याउँदा कांग्रेसकी कोपलिा रानाभाटको २८ हजार ९ सय मत छ ।

विरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहले एमाले उम्मेदवार विजयकुमार सरावगीमाथि दोब्बर मतको अग्रता लिनुभएको छ ।

११ हजार ५६३ मतको अग्रता बनाउनुभएका सिंहको २३ हजार ८५२ मत छ भने सरावगीको १२ हजार २८९ मत छ । उपमेयरमा कांग्रेसका इम्तियाज आलमले लोसपाका पुरुषोतमलाल झालाई पाँच गुणा बढी मतले पछि पार्नुभएको छ । आलमको १६ हजार ८६१ मत हुँदा झाको ३ हजार ५७६ मत छ ।

विराटनगर महानगरमा कांग्रेसका नागेश कोइरालाले एमालेका सागरकुमार थापालाई ६ हजार ५६८ मतले पछि पार्नुभएको छ । कोइरालाको २५ हजार ९१८ मत हुँदा थापाको १९ हजार ३५० मत छ ।

उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीको अग्रता छ । उहाँको २२ हजार ६०८ मत हुँदा जसपाका अमरेन्द्र यादवको १२ हजार ७७८ मत छ ।