Aafno Khabar

सबै पालिकाको गणना नसकिदै कांग्रेस एक्लैले जित्यो ३०१ पलिका, अन्यको कति ?

  • आफ्नो खबर
  • May 20, 2022 प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनमा हालसम्म ६७६ पालिकाको अन्तिम परिणाम आएको छ । जसमध्य नेपाली कांग्रेस एक्लैले ३०१ पलिका प्रमुख जितेको छ ।

कांग्रेसले २७६ पालिकाको उपप्रमुख पनि जितेको छ । हालसम्म नेपाली कांग्रेसभन्दा ११६ कम स्थानीय कम जितेको एमालेले १८५ पालिका प्रमुख र २१० उपप्रमुख जितेको छ ।

नेकपा एमालेलाई पछ्याएको माओवादी केन्द्रले ११६ पालिका प्रमुख र १२० उपप्रमुख जितेको छ । जनता समाजवादी पार्टीले २३ पालिका प्रमुख र २५ उपप्रमुख जितेको छ ।

नेकपा एमालेबाट छुट्टीएर बनेको नेकपा एकीकृत समाजवादीले १५ पालिका प्रमुख र २१ उपप्रमुख जितेको छ । लोकतान्त्रि समाजवादीले १० पालिका प्रमुख र ९ उपप्रमुख जितेको छ ।

यस्तै राप्रपाले ४ वटा, जनमोर्चाले ४ वटा, जनमत पार्टीले ३ वटा, नागरिक उन्मुक्ति पार्टीले २ वटा, नेपाल मजदुर किसान पार्टीले एउटा र अन्य दल तथा स्वतन्त्रले २६ वटा पालिका प्रमुखमा जीत हासिल गरेका छन् ।

हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये कांग्रेस २३ ठाउँमा अगाडि छ भने एमाले १७ ठाउँमा अगाडि छ । यस्तै माओवादी केन्द्र ७, जसपा १०, एकीकृत समाजवादी ४ र लोसपा र अन्यले सात सात पालिकामा अग्रता लिएका छन् ।

यसअघि नै स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एमालेको रेकर्ड ब्रेक गरेको थियो । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७ सय ५३ मध्ये २ सय ९४ स्थानीय तह जितेको थियो ।

यस पटकको निर्वाचनमा काँग्रेसले एमालेको पुरानो रेकर्ड तोड्दै सवै स्थानीय तहको मत परिणाम नआँउदै ३ सय १ स्थानीय तह जितेको छ ।