Aafno Khabar

युगान्डामाथि नेपालको सान्तवना जित

  • आफ्नो खबर
  • May 20, 2022 प्रकाशित

काठमाडौं । युगान्डाविरुद्ध घरेलु मैदानमा आयोजित टी–२० शृंखलाको चौथो खेलमा नेपालले जित निकालेको छ ।

अघिल्ला तीन खेलमा पराजित भएर शृंखला गुमाएको नेपालले विहीबार १५ रनको जित निकालेको हो । वर्षाका कारण मैदानमा पानी जमेपछि ढिला सुरु भएको खेल १८ ओभरमा झारिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो ।

टस जितेको नेपालका लागि ओपनर ज्योति पाण्डेले १३ बलमा १७ रनको पारी खेलिन् । अर्कि ओपनर ब्याटर बिन्दु रावल १६ रनमा आउट भइन् ।

सीता रानामगर ११ र डली भट्टले ६ रन मात्र बनाइन् । युगान्डाकी लागि कोन्की ओन्केले सर्वाधिक ३ विकेट लिइन् । ९८ रनको लक्ष्य पछ्याएको युगाण्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रनमात्र जोड्न सक्याे ।

नेपालका लागि डेब्यू खेल खेलेकी हिरनान्माये रोयले २ विकेट लिइन् । रुविना क्षेत्री, अस्मिना कर्मचार्य र कविता कुँवरले समान १-१ विकेट लिए ।

तीन खेल हार्दै सिरिज गुमाएको नेपालका लागि यो सान्तवना जित रहेको छ । नेपालले पहिलो खेल १२ रन, दोस्रो खेल १ विकेट र तेस्रो खेल ६ विकेटले पराजित भएको थियो ।

सम्बन्धित शीर्षकहरु