Aafno Khabar
add khanepani

काठमाडौंका १४ वडाको मतगणना हुँदा १२ मा बालेन र २ मा स्थापितको अग्रता

  • आफ्नो खबर
  • May 20, 2022 प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २६ हजार ८३८ मत पाएका छन्।

हालसम्म ७० हजार ९६० मत गनिसक्दा बालेनले एमाले उम्मेदवार केशव स्थापित र कांग्रेस उम्मेदवार सिर्जना सिंहभन्दा १३ हजार बढी मतले अग्रता लिएका छन् ।

स्थापितले १४ हजार २७७ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिंहले १३ हजार ६७३ मत ल्याएकी छन्।

अहिले काठमाडौंका ६, ७, ८, २७, २८, २९, ३१, ३२ नम्बर वडाको मतगणना भइरहेको छ। १, २, ३, ४, ५ र ३० को मतगणना सकिइसकेको छ।

गणना भइरहेका वडाहरूमध्ये २७ र २८ मा स्थापितले सुरूआती अग्रता लिएका छन्। यी दुवै वडामा सिर्जना दोस्रो स्थानमा छिन् भने बालेन तेस्रोमा।

२७ र २८ वडाबाहेक गणना भइरहेका अरू वडा र गणना सकिएका वडाहरूमा भने बालेन नै अगाडि छन्।

पछिल्लो विवरणअनुसार स्थापितले २७ नम्बर वडामा ९९२ मत गनिसक्दा ३०८ मत पाएका छन्। यहाँ सिर्जना सिंहले २३५ र बालेनले १६१ मत पाएका छन्। २७ नम्बर वडामा भित्रि नेवार बस्ती पर्दछ ।

त्यस्तै २८ नम्बर वडामा ३०३१ मत गन्दा स्थापितले ७४१ मत पाएका छन्। उनलाई ७३० मतसहित सिर्जनाले पछ्याएकी छन् भने बालेनले ७२१ मत पाएका छन्।

अहिलेसम्म दुई वडामा बालेन पछि परे पनि २८ नम्बर वडामा तीनै जना उम्मेदवारको टक्कर छ।