पर्वत । पर्वतमा स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आएको छ । सातै पालिकाको अन्तिम परिणाम आउँदा सातमध्ये ५ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । २ पालिकामा नेकपा एमाले विजयी भएको छ ।
नेपाली कांग्रेस विजयी भएका पालिका
कुश्मा नगरपालिकामा – रामचन्द्र पौडेल
फलेवास नगरपालिका – गंगाधर तिवारी
जलजला गाउँपालिका – राजु आर्चाय
पैयूँ गाउँपालिका – तोरण मल्ल ठकुरी
बिहादी गाउँपालिका – प्रविन गुरुङ
नेकपा एमाले विजयी भएका पालिका
मोदी गाउँपालिका- हिरादेवी शर्मा
महाशिला गाउँपालिका -ईश्वरी भुषाल
पर्वत जिल्लाका पालिकामा उपप्रमुख
कुश्मा नगरपालिका – स्वस्थानी रिजाल (नेकपा एमाले)
फलेवास नगरपालिका – शोभा क्षेत्री (माओवादी केन्द्र)
जलजला गाउँपालिका- दिपक आचार्य (माओवादी केन्द्र)
पैयूँ गाउँपालिका – यामकुमारी राना (नेकपा एमाले)
बिहादी गाउँपालिका – मिना तिवारी (नेकपा एमाले)
मोदी गाउँपालिका – विमल लामिछाने (नेकपा एमाले)
महाशिला गाउँपालिका धनसुबा विक (नेकपा एमाले)
तालमेलले निर्वाचन परिणाम उत्साहजनक महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले निर्वाचनमा गठबन्धन दलहरूबीच भएको तालमेल सफल हुनु रहेको बताए ।
निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा कांग्रेस पहिलो दल बन्ने निश्चित भएको बेला महामन्त्री शर्माको यो प्रतिक्रिया आएको हो । परिणाम आइसकेपछि भने निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा गरिने उनको भनाइ छ ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन नै गर्न सक्दैन भन्ने पनि थियो । पहिले तीन चरणमा भएको थियो । तर, यस पटक एकै चरणमा भयो । परिणाम पनि उत्साहजनक आयो । परिणामलाई सकारात्मक भनेर अगाडि बढ्नुपर्छ’, उनले न्युज कारखानासँग भने, ‘निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा हुन्छ ।’
कांग्रेस पहिलो दल बन्ने अवस्थामा पुग्नु कतै गठबन्धन दलहरूबीच भएको तालमेल त कतै एक्लै निर्वाचन लड्दा निकालिएको परिणाम भएको शर्माले बताए ।
उनले आगामी प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पनि तालमेल हुन सक्ने सङ्केत गरे । ‘यो तालमेल स्थानीय तहको निर्वाचनको लागि थियो । तालमेल राम्रै भयो गठबन्धन दलहरूबीच’, शर्माले भने, ‘खोलो तर्यो, लौरो बिर्स्यो पनि गर्नु हुँदैन । त्यसको अर्थ देशभर तालमेल गर्नुपर्छ भन्ने छैन ।’
१७ चैतमा गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दुई सय बढी स्थानीय तहमा तालमेल भएको थियो । तालमेलकै कारण २०७४ सालको निर्वाचनबाट पहिलो बनेको दल एमाले दोस्रो हैसियतमा रहने देखिएको छ ।