Aafno Khabar

बाबुराम भट्टराईको गृहनगर पालुङटारको मेयर र उपमेयरमा माओवादी विजयी

  • आफ्नो खबर
  • May 19, 2022 प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा पनि माओवादी केन्द्र विजयी भएको छ ।

जनता समाजवादी–एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् ।

नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए ।

निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो भएका छन् । उनले ४९९७ मत पाए । एमालेका हरि भट्टलाई पनि ९४१ मत आएको छ ।

यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५५७९ मत ल्याइन् ।

उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् । गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४२८१ मतका साथ तेस्रो भइन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर समेत रहेको पालुङटारमा अन्तिम अवस्थामा आएर जनता समाजवादी र एमालेबीच तालमेल भएको थियो । तर, गठबन्धनका उम्मेदवार पराजित भए ।

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ । हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् । उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेका मन्जुदेवी गुरुङले २० हजार २ मत पाएका छन् । गठबन्धनका कोपिला रानाभाटको मत १९ हजार ७७४ रहेको छ । पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो ।