काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता बढेको छ । २६४२६ मतगणना गर्दा मत गन्दा दाहालले ९५४२ मत ल्याउँदै अग्रता बढाएकी हुन् ।
त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले८०८७ मतले पछ्याउँदैछन् । रेनुले १४५५ मतले सुवेदीलाई पछाडि पारेकी छिन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४३१५ मत ल्याएका छन् ।
उपमेयरका चित्रसेन अधिकारीले ११३८२ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६५९३ मत पाएकी छन् ।
महानगरपालिका ६ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवारकृष्णलाल श्रेष्ठले २१८६ मत पाएका छन् भने एमालेका डोल नारायण अधिकारीको मत १८२० रहेको छ ।
देशैभरका महानगरको पछिल्लो अपडेट
स्थानीय निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ ।
पछिल्लो परिणाम अनुसार बालेन शाहले १५ हजार ७ सय ७५ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले ८ हजार २ सय ५३ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३ सय ८४ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमालेकी सुनिता डंगोल निकटतम प्रतिस्पर्धीभन्दा निकै अगाडि हुनुहुन्छ ।
यसैगरी, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिनुभएको छ । उहाँले ११ हजार ९ सय २० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५ सय ७० मत प्राप्त गर्नुभएको छ ।
विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राख्नु भएको छ । काेइरालाले १२ हजार ६ सय ७२ मत प्राप्त गर्दा एमालेका सागर थापाले ९ हजार ५ सय ७१ मत पाउनु भएको छ ।
यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १२ हजार ९ सय ५२ मत प्राप्त गर्दा एमालेका कृष्णबहादुर थापाले ११ हजार १ सय ५० मत पाउनु भएको छ ।
वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले १० हजार ९ सय ९४ मत प्राप्त गर्दा एमालेका विजयकुमार सरावगीले ५ हजार १ सय ११ मत ल्याउनुभएको छ ।