Aafno Khabar

कुश्मा नगरपालिकामा ११ वडाको मतगणना सकिदा कांग्रेसका जोशीको अग्रता कायम

  • आफ्नो खबर
  • May 18, 2022 प्रकाशित

पर्वत । कुश्मा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीको अग्रता कायम छ । मतगणनाको सुरुदेखि नै अग्रता लिएका जोशीले ११ वडाको मतगणना सकिदा सम्म पनि अग्रता कायम रोखका छन् ।

जोशीले नेकपा एमालेका उम्मेदवार गणेश पौडेललाई ५०३ मतले पछाडि पारेका छन् । जोशीको ८१०१ मत हुँदा पौडेलले ७५९८ मतका साथ पछ्याएका छन् ।

नगर उपप्रमुखमा भने एमाले उम्मेदवार स्वस्थानी रिजालले अग्रता बनाएकी छन् । उनले माओवादी केन्द्रका शंकर गिरीलाई १०५५ मतले पछि पारेकी छन् ।

रिजालले ७७७८ मत ल्याउँदा गिरी ६७२३ मतका साथ पछ्याएका छन् । अब कुश्मा नगरपालिकाको तीन वडामा मत गणना हुन बाँकी छ । १४ वडा रहेकाे कुश्माका ११ वडामा मतगणना सकिएकाे छ ।

निर्वतमान प्रमुखलाई १३२० मतले हराउँदै फलेवासमा कांग्रेसका तिवारी विजयी

फलेवास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गंगाधर तिवारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गर्दै तिवारी प्रमुखमा निर्वाचित भएका हुन् ।

शर्मा फलेवासका निर्वतमान प्रमुख हुन् । तिवारीले ७७०० मत ल्याउँदा शर्माले ६३८० मत ल्याए ।
फलेवासको उपप्रमुखमा माओवादी केन्द्रकी शोभाकुमारी क्षेत्री निर्वाचित भइन् ।

उनले एमलेकी मञ्जु अधिकारीलाई पराजित गरिन । क्षेत्रीले ६३२७ मत ल्याउँदा अधिकारीले ६०५७ मत ल्याइन । अधिकारी पनि फलेवास नगरपालिकाको निर्वतान उपप्रमुख हुन् ।

फलेवासलाई एमालेको पकड क्षेत्रको रुपमा लिने गरिन्छ । पकड क्षेत्रमा आफ्नो जित निश्चित गर्न एमालेले यसअघि निर्वाचित प्रमुख र उपप्रमुखलाई पुनः टिकट दिएको थियो ।

पैयूँ गाउँपालिकामा कांग्रेसका ठकुरी विजयी

पर्वतको पैयूँ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका थिए । मल्लले नेकपा एमालेका उमेमदवार महेन्द्र श्रेष्ठलाई ४४४ मतले पराजित गरे ।

ठकुरीको ३ हजार ८ सय २४ मत आउँदा एमाले उम्मेदवार श्रेष्ठले ३ हजार ३ सय ८० मत ल्याए ।

उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार यामकुमारी राना भइन् । रानाले ३ हजार ७ सय ७७ मत ल्याउँदा उपाध्यक्षका अर्का उम्मेदवार नेपाली काँग्रेसका जानकी प्रधानले ३ हजार ४ सय ५८ मत ल्याइन् ।

सम्बन्धित शीर्षकहरु