Aafno Khabar

भरतपुरमा रेनुले लिइन् २०७ मतकाे अग्रता

  • आफ्नो खबर
  • May 17, 2022 प्रकाशित

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् ।

वडा नम्बर ५ को मतगणना चलिरहँदा माओवादी केन्द्रकी मेयर दाहालले ६ हजार ५ सय ६६ मत ल्याएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ६ हजार ३ सय ५९ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १ सय ९९ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ९ सय ७८ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङको पक्षमा ५ हजार २ सय २९ सय  मत परेको छ ।

भरतपुरकाे १, २, ३ र ४ नम्बरकाे मतगणना सकिएकाे छ । ४ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत पाएका छन् । भरतपुरमा हालसम्म १९ हजार ४ सय ८३  मत गणना भएको छ ।

नलगाडको मेयरमा माओवादी केन्द्र र उप मेयरमा कांग्रेस विजयी

नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन् । रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई एक हजार नाै सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रका रावतले पाँच हजार पाँच सय ९९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका धर्मबहादुर शाहीले तीन हजार ६ सय २६ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी सुरिता सिंहले पाँच हजार चार सय ६ मत प्राप्त गरी विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई दुई हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन् ।

नेकपा एमालेकी बोहराले तीन हजार तीन सय ९३ मत प्राप्त गरेकी छन् । नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए ।