Aafno Khabar

भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल

  • आफ्नो खबर
  • May 17, 2022 प्रकाशित

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् ।

वडा नम्बर ५ को मतगणनाचलिरहँदा माओवादी केन्द्रकी मेयर दाहालले ६ हजार १ सय ७० मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ६ हजार ८० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५ सय २४ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङको पक्षमा ४ हजार ९ सय ९२ मत परेको छ ।

४ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत पाएका छन् । भरतपुरमा हालसम्म १८ हजार ४ सय ४७ मत गणना भएको छ ।

सर्लाहीको बलरामा माओवादी केन्द्र विजयी

सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएको छ । बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रामाशंकर प्रसाद कुशवाह ४६४३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान मेयर अभय कुमार सिहले ३६३१ मत प्राप्त गरे।

कुशवाह पेशाले शिक्षक हुन् । उन्ले निर्वाचन भन्दा केही समय पहिला उम्मेदवारी दिनकै लागि पदबाट राजिनामा दिएका थिए । उनी यस पहिला सम्म जिल्लाको गोडैता नगरपालिका स्थित बगदहमा रहेको श्री रामजानकी आधारभू विद्यालयका प्रधानाध्यापक थिए ।

यस्तै उपमेयर पदमा पनि माओवादी केन्द्रकी उम्मेदवार कोशिला देवी विजयी भएकी छिन् । उन्ले ४३५१ मत प्राप्त गरिन् ।

उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रागनी देवीले ३७४० मत मात्र प्राप्त गरिन । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा सो पालिकामा लोकतान्त्रिक समाजवादीले जितेको थियो ।

यस्तै यस पालिकाको बहुसंख्यक वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १, ३, ४, ५, ७ र ८ गरी ६ वटा वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने, वडानम्बर ९, १० र ११ गरी ३ वडामा माओवादी केन्द्र विजयी भएको छ । यस्तै, २ नम्बर वडामा नेकपा एमाले र ६ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् ।