चितवन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले ६०१ मतको अग्रता लिएकी छन् । २२६८६ मत गणना हुँदा माओवादी केन्द्रकी दाहालले ७८५७ मत ल्याएकी छन् ।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ७२५६ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले३७३९ मत ल्याएका छन् ।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले एकलौटी अग्रता बनाएका छन् । उनले ९४७९ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ६००० मत ल्याएकी छन् ।
हालसम्म भरतपुरका १ देखि ५ सम्म वडाको मतगणना सकिएको छ । ५ नम्बरको वडाध्यक्षमा गठबन्धनका उम्मेदवार २०७२ मतले विजयी भएका छन् । अहिले भरतपुर ६ काे मतगणना जारी छ ।
देशैभरका महानगरको पछिल्लो अपडेट
स्थानीय निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ ।
पछिल्लो परिणाम अनुसार बालेन शाहले १३ हजार ४ सय ८७ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले ७ हजार २ सय ६६ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ६ हजार ३ सय ९९ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमालेकी सुनिता डंगोल निकटतम प्रतिस्पर्धीभन्दा निकै अगाडि हुनुहुन्छ ।
यसैगरी, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिनुभएको छ ।
उहाँले ८ हजार ५ सय ३४ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ हजार ७ सय ८५ मत प्राप्त गर्नुभएको छ । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राख्नु भएको छ ।
अहिलेसम्म उहाँले १९ हजार ३ सय ६३ मत प्राप्त गर्दा एमालेका सागर थापाले ७ हजार ८ सय ८२ मत पाउनु भएको छ ।
यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ११ हजार ८ सय १२ मत प्राप्त गर्दा एमालेका कृष्णबहादुर थापाले १० हजार ६२ मत पाउनु भएको छ ।
वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले ९ हजार ५ सय मत प्राप्त गर्दा एमालेका विजयकुमार सरावगीले ४ हजार २ सय ९० मत ल्याउनुभएको छ ।