पर्वत । कुश्मा नगरपालिका वडा नम्बर ११ को वडाध्यक्षमा नेकपा एमालेका बावुराम पौडेल प्यानसहित विजयी भएका छन् ।
पौडेलले माओवादी केन्द्रकी लिला दवाडीलाई २०२ मतले पारजित गरे । एमालेका पौडेलको ७९४ मत आउँदा माओवादी केन्द्रकी दवाडीको ५९२ मत आयो ।
कुश्मा नगरपालिकाको प्रमुखमा भने नेपाली कांग्रेसका रामचन्द्र जोशीको अग्रता कायम छ । उनले एमाले उम्मेदवार गणेश पौडेललाई ९३५ मतले पछि पारको छन् । जोशीको ६८०५ मत हुँदा पौडेलले ५८७० सहित पछ्याएका छन् ।
निर्वतमान प्रमुखलाई १३२० मतले हराउँदै फलेवासमा कांग्रेसका तिवारी विजयी
फलेवास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गंगाधर तिवारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गर्दै तिवारी प्रमुखमा निर्वाचित भएका हुन् ।
शर्मा फलेवासका निर्वतमान प्रमुख हुन् । तिवारीले ७७०० मत ल्याउँदा शर्माले ६३८० मत ल्याए ।
फलेवासको उपप्रमुखमा माओवादी केन्द्रकी शोभाकुमारी क्षेत्री निर्वाचित भइन् ।
उनले एमलेकी मञ्जु अधिकारीलाई पराजित गरिन । क्षेत्रीले ६३२७ मत ल्याउँदा अधिकारीले ६०५७ मत ल्याइन । अधिकारी पनि फलेवास नगरपालिकाको निर्वतान उपप्रमुख हुन् ।
फलेवासलाई एमालेको पकड क्षेत्रको रुपमा लिने गरिन्छ । पकड क्षेत्रमा आफ्नो जित निश्चित गर्न एमालेले यसअघि निर्वाचित प्रमुख र उपप्रमुखलाई पुनः टिकट दिएको थियो ।
पैयूँ गाउँपालिकामा कांग्रेसका ठकुरी विजयी
पर्वतको पैयूँ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका थिए । मल्लले नेकपा एमालेका उमेमदवार महेन्द्र श्रेष्ठलाई ४४४ मतले पराजित गरे ।
ठकुरीको ३ हजार ८ सय २४ मत आउँदा एमाले उम्मेदवार श्रेष्ठले ३ हजार ३ सय ८० मत ल्याए ।
उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार यामकुमारी राना भइन् । रानाले ३ हजार ७ सय ७७ मत ल्याउँदा उपाध्यक्षका अर्का उम्मेदवार नेपाली काँग्रेसका जानकी प्रधानले ३ हजार ४ सय ५८ मत ल्याइन् ।