Aafno Khabar

कुश्मा नगरपालिका १२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

  • आफ्नो खबर
  • May 17, 2022 प्रकाशित

पर्वत । कुश्मा नगरपालिका वडा नम्बर १२ मा स्वतन्त्र उम्मेदवार झलकप्रसाद रिमाल विजयी भएका छन् । रिमालले ८५२ मत ल्याए । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार किशोर सापकोटाले ६६३ मत ल्याए ।

निर्वतमान प्रमुखलाई १३२० मतले हराउँदै फलेवासमा कांग्रेसका तिवारी विजयी

फलेवास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गंगाधर तिवारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गर्दै तिवारी प्रमुखमा निर्वाचित भएका हुन् ।

शर्मा फलेवासका निर्वतमान प्रमुख हुन् । तिवारीले ७७०० मत ल्याउँदा शर्माले ६३८० मत ल्याए ।
फलेवासको उपप्रमुखमा माओवादी केन्द्रकी शोभाकुमारी क्षेत्री निर्वाचित भइन् ।

उनले एमलेकी मञ्जु अधिकारीलाई पराजित गरिन । क्षेत्रीले ६३२७ मत ल्याउँदा अधिकारीले ६०५७ मत ल्याइन । अधिकारी पनि फलेवास नगरपालिकाको निर्वतान उपप्रमुख हुन् ।

फलेवासलाई एमालेको पकड क्षेत्रको रुपमा लिने गरिन्छ । पकड क्षेत्रमा आफ्नो जित निश्चित गर्न एमालेले यसअघि निर्वाचित प्रमुख र उपप्रमुखलाई पुनः टिकट दिएको थियो ।

यसअघि, पर्वतको पैयूँ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका थिए । मल्लले नेकपा एमालेका उमेमदवार महेन्द्र श्रेष्ठलाई ४४४ मतले पराजित गरे । ठकुरीको ३ हजार ८ सय २४ मत आउँदा एमाले उम्मेदवार श्रेष्ठले ३ हजार ३ सय ८० मत ल्याए ।

उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार यामकुमारी राना भइन् । रानाले ३ हजार ७ सय ७७ मत ल्याउँदा उपाध्यक्षका अर्का उम्मेदवार नेपाली काँग्रेसका जानकी प्रधानले ३ हजार ४ सय ५८ मत ल्याइन् ।

सम्बन्धित शीर्षकहरु