Aafno Khabar

काठमाडौंमा बालेनले लिए ६ हजारभन्दा बढी मतको अग्रता

  • आफ्नो खबर
  • May 17, 2022 प्रकाशित

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । बालेन १३ हजार २६४ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७१४६ मतले अगाडी छन् । स्थापित बालेनलाई ६ हजार ११८ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ६ हजार २८७ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत पाएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३ हजार ६१४ र राप्रपाकी विनिता मगैयाले २६२८ मतका साथ प्रतिस्पर्धामा छन् ।

यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ ।

दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना सकिएको छ ।

सम्बन्धित शीर्षकहरु