काभ्रे । ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान कडा सुरक्षाबीच आज मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो।
गत शुक्रबार विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको थियो । स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।
यसअघि ३० वैशाखमा मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन ३ जेठमा गर्ने गरी निर्णय भएको थियो । दुईवटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म रहने निर्वाचन कार्यालयले जनाएको छ।
हालसम्मको मतपरिणाममा कसको अवस्था कस्तो ?
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । देशमा रहेका ७५३ स्थानीय तहमध्ये हालसम्म २८२ वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी स्थानीय तहको प्रमुखमा नेपाली काग्रेसका उम्मेदवार विजयी बनेका छन् । कांग्रेसले अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये १२८ वटाको प्रमुख आफ्नो पक्षमा पारेको छ । अर्थात, ४५।३९ स्थानीय तहको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसपछि नेकपा एमालेका उम्मेदवार धेरै स्थानीय तहको प्रमुखमा विजयी बनेका छन् । हालसम्म आएको अन्तिम मतपरिणाममध्ये एमालेले ७९ स्थानीय तहको प्रमुख जित्न सफल भएको छ । अन्तिम मतपरिणाम आएकामध्ये २७।६५ प्रतिशत स्थानीय तहमा एमालेका उम्मेदवारले जितेका छन् ।
६१ वटा स्थानीय तहको प्रमुख जितेर नेकपा ९माओवादी केन्द्र० तेस्रो स्थानमा रहेको छ । अन्तिम मतपरिणा आएकामध्ये २१।६३ प्रतिशत स्थानीय तहको प्रमुख माओवादी उम्मेदवार विजयी बनेका छन् ।
नेकपा (एकीकृत समाजवादी)ले हालसम्म ४ वटा स्थानीय तहको प्रमुख जितेको छ । यो भनेको अन्तिम मतपरिणाम आएका स्थानीय तहको १।४१ प्रतिशत हो ।
जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ३ वटा स्थानीय तहको प्रमुख मात्र जितेको छ । उसले अन्तिम मतपरिणाम आएको स्थानीय तहमध्ये १।०६ प्रतिशत स्थानमा जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म कुनै पनि स्थानीय तहको प्रमुख जित्न सकेको छैन ।