चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय पौडेलले झिनो अग्रता कायम राखेका छन् । वडा नम्बर ३ मा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मत अनुपात बढाएपछि मेयरमा गठबन्धन उम्मेदवार रेणु दाहाल पछि परेकी हुन् ।
१ र २ को गणनामा ३ मतले अग्रता लिएकी रेणु वडा नम्बर ३ को गणना जारी रहँदा ३३ मतले पछि परेकी छिन् । एमालेका विजय सुवेदीले ३ हजार ८ सय ३८ मतसहित अग्रता लिएका छन् । रेणुले ३ हजार ८ सय ५ मत पाएकी छिन् ।
स्वतन्त्र उम्मेदवार पौडेलले अहिलेसम्म १ हजार ५ सय ११ मत ल्याएका छन् । वडा नम्बर ३ मा मात्रै उनले ५ सय ८७ मत ल्याइसकेका छन् । सो वडा पौडेलका प्रस्तावक कृष्णलाल सापकोटाको समेत वडा हो ।
नेपाली कांग्रेसको गढ मानिने सो वडाको अध्यक्षमा भने एमालेले फराकिलो अग्रता लिएको छ । एमालेका विकास थापाले वडा अध्यक्षमा १ हजार ४ सय ९५ मत ल्याउँदा कांग्रेसका भरत लामिछानेले ९ सय ५२ मत पाएका छन् ।
उपमेयरमा भने कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले ४ हजार ३ सय ५२ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २ हजार ९ सय ९८ मत ल्याएकी छिन् ।
चुनाव सकेसँगै यार्सा टिप्न लेक उक्लिए मनाङी
मनाङमा स्थानीय तहको निर्वाचनको मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । मनाङमा ३१ वैशाखमै चार वटै स्थानीय य तहको मत परिणाम आइसकेको छ । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधिजन्य जडिबुडी यार्सागुम्बा संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा टिप्न मनाङका लेकमा पुगेका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदान कार्य सकेर खर्क पुगिसकेका हुन् ।
निर्वाचनमा सहभागी भएर मनाङवासीहरु यार्सागुम्बा सङ्कलन गर्न मनाङवासी खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार यार्सागुम्बा संकलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको छ । संकलनका लागि नारफु, नाम्के खर्क, खाङ्सार खर्क अहिले पुगिसकेका हुन् ।
स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले गत २५ देखि ३० वैशाखसम्म यार्सागुम्बा संकलनकार्य बन्द गराएको थियो । यार्सागुम्बा संकलन बन्द गरिएपछि जिल्लावासी आ–आफ्ना घरमा फर्किएका थिए । निर्वाचनमा सहभागी भएर पुनः यार्सागुम्बा संकलनका लागि खर्क उक्लिएको स्थानीय बताउँछन् ।
यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङको गत २३ चैतमा बसेको बैठकले स्वीकृति पाएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो । बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो परेको हो । यार्सागुम्बा संकलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलनकर्तालाई सहज रुपमा खर्कतर्फ जान दिइएको आचार्यले बताए ।
यार्सागुम्बा संकलन कार्य नाम्के खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिने समय हो । १५ वैशाखदेखि असारको पहिलो सातासम्म औषधिजन्य जडिबुटी संकलन गरी मनाङवासी बेंशीतर्फ फर्किनेछन् ।