पर्वत । कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता कायम राखेका छन् । मतगणनाको सुरुदेखि नै अग्रता लिएका कांग्रेसका जोशीले नेकपा एमालेका गणेश पौडेललाई ३४३ मतले पछि पारेका छन् ।
सोमबार बिहानसम्मको गणनामा कांग्रेसका जोशीले ३०१४ मत ल्याउँदा एमालेका पौडेलले २६७१ मत ल्याएका छन् । उपपमेयरमा भने एमाले उम्मेदवार स्वस्थानी रिजालले अग्रता बनाएकी छन् ।
रिजालले २६८७ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार शंकर गिरीले २१५१ मत ल्याएका छन् । कुश्मा नगरपालिकामा हालसम्म वडा नम्बर १ र १४ को परिणाम आएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।
यता, गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सो पालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन् ।
गुरुङ ५ हजार ५ सय ५६ मतका साथ र नेपाली ६ हजार ३सय ३१ मतका साथ विजयी भएका हुन् । अध्यक्षमा विजयी गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८ सय ३३ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा विजयी नेपालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता दाहालले ३ हजार ८ सय १६ मत प्राप्त गरिन् ।
यसअघि, लमजुङको दूधपोखरी गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएका थिए । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५ सय ६८ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी एमालेकी कृष्ण गुरुङले १ हजार ७ सय ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामप्रसाद आचार्यले बताए ।
वडा १ मा कांग्रेसका दुर्गामान गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४ सय ८१ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका गजबहादुर गुरुङले ४ सय २६ मत ल्याएका छन् ।
वडा २ मा माओवादी केन्द्रका अमर गुरुङ ६ सय ६८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका धर्मदत्त दवाडीले २ सय ६९ मत ल्याएका छन् ।
वडा ३ मा स्वतन्त्रका श्याम गुरुङ २ सय २८ मतका विजयी भएका छन् । निकटम माओवादी केन्द्रका उम्मेदवार औतराम तमाङले २ स २४ मत ल्याएका छन् । प्रतिद्वन्द्वी एमालेका मानबहादुर घलेले ८१ मत ल्याएका छन् ।
वडा ४ मा कांग्रेसका उम्मेदवार ओमबहादुर गुरुङ ४ सय ३४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी एमालेका प्रीतम गुरुङले २ सय ४० मत ल्याएका छन् ।
वडा ५ मा एमालेका दलबहादुर गुरुङ ४ सय ८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका नरबहादुर गुरुङले ३ सय ४३ मत पाएका छन् ।
वडा ६ मा कांग्रेसका मनिष गुरुङ ७ सय ४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका धनप्रसाद गुरुङले ६ सय ११ मत प्राप्त गरेका छन् ।