Aafno Khabar
add khanepani

काठमाडौंमा कांग्रेसले खाता खोल्यो

  • आफ्नो खबर
  • May 16, 2022 प्रकाशित

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत विजयी भएका छन् ।

बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरेका हुन्। बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित भएका थिए। उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्। उनले एमालेकी इन्दिरा न्यौपानेलाई पराजित गरेकी हुन्।

दक्षिणकालीको वडा नम्बर १ मा एमालेका जय थापा मगरले जितेका छन्। वडा नम्बर २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, वडा नम्बर ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत, वडा नम्बर ४ मा कांग्रेसका पुष्कर खड्का, वडा नम्बर ५ का श्यामबहादुर खत्रीले जितेका छन्।

वडा नम्बर ६ मा पनि कांग्रेसका शैलेश मानन्धर, वडा नम्बर ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, वडा ८ मा कांग्रेसका योसकुमार वाइबा र वडा नम्बर ९ मा अमृका बलामीले जितेका छन्।

यता, खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका माईतीराज राईलाई पछि पार्दै समिर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । समिरले २ हजार २४४ मत पाउँदा माइतीराजले १ हजार ८०८ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले बताए ।

अध्यक्षका निकटतम प्रतिस्पर्धी माइतीराज कांग्रेस बाहेकको गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राई विजयी भएका छन् । उनले १ हजार ९८३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेकी मैयाँ सुनुवारले १ हजार ७६१ मत पाएका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष एमालेका कृष्णकुमार राईले १ हजार ७४४ मत प्राप्त गरेका छन् ।