कामठाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् ।
राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । मध्यान्ह १२ बजेसम्मको आयोगले दिएको जानकारीअनुसार साहले दुई हजार ८५७ मतान्तरले अग्रता कायम राखेका छन् ।
साहले ६ हजार १६ मत ल्याउँदा उननलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले तीन हजार १४१ मत ल्याएका छन् ।
कांग्रेसकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले दुई हजार ७८१ मत ल्याएर तेस्रो स्थानमा रहेर पछ्याइरहेकी छन् ।
तर, गणनामा पछि परे पनि नेकपा एमाले उम्मेदवार केशव स्थापितले आफैंले जित्ने दाबी गरेका छन्। उनले अहिले गणना भएका वडाका आधारमा राय बनाउन नहुने बताए।
मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरुरी भएको भन्दै स्थापितले आफूले जित्ने कुरामा शंका नगर्न आग्रह गरे ।
काठमाडौं महानगरमा बालेन तेस्रो हुने उनको भनाई छ । कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि अहिलेकोत तुलनामा धेरै नै मत बढ्ने स्थापितको भनाई छ ।