Aafno Khabar

कांग्रेस-एमालेको गठबन्धनले पनि रोक्न सकेन सानीभेरीमा माओवादीलाई

  • आफ्नो खबर
  • May 16, 2022 प्रकाशित

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएका छन्।

उपाध्यक्षमा माओवादी केन्द्रकै कमला रोका निर्वाचित भएकी छन्। उनले ५ हजार ९५८ मत ल्याएकी छन्। एमालेबाट उपाध्यक्षका उम्मेदवार प्रकाश खड्काले ३४२० मत ल्याएका छन्। सानीभेरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काँगैसबीच गठबन्धन थियो ।

यता, कालिकोटको पलाँता गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसहित सबै वडामा जित हात पारेको छन् । सोमबार बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार गाउँपालिका अध्यक्षसहित नौवटै वडामा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका हुन् ।

गाउँपालिकाका अध्यक्षमा इन्द्रबहादुर रोकाय, उपाध्यक्षमा अलैपुरा जैशी विजयी भएका छन् । नौवटा वडा रहेको गाउँपालिकामा एउटा वडामा बागी उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन कार्यालयले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट वडा नं। १ मा मनप्रसाद न्यौपाने, २ मा भीमप्रसाद न्यौपाने, ३ मा बाँचे विश्वकर्मा, ४ मा तिलकबहादुर बुढा, ५ मा तिलकबहादुर बम, ६ मा ज्ञानबहादुर ऐडी, ७ मा माओवादी केन्द्रकै बागी उम्मेदवार उमेश बम, ८ मा माओवादी केन्द्रकै गोगनबहादुर बम र वडा नम्बर ९ मा रामबहादुर बम विजयी भएका छन् ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले अग्रता लिएका छन् ।

स्थानीय तह निर्वाचनको पछिल्लो मतगणनाको विवरणअनुसार तीन हजार ९४४ मत ल्याएर उनले अग्रता लिएका छन् । उनलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले तीन हजार ८९४ मत ल्याएर पछ्याइरहेकी छन् ।

भरतपुर महानगरपालिकाको १, २ र ३ वडाको जम्मा खसेको ११ हजार ३२८ मतगणनाको नतिजाअनुसार सुवेदीले अग्रता लिइरहेका हुन् । मेयरका स्वतन्त्र जगन्नाथ पौडेलले एक ५७२ मत ल्याएका छन् । सोमबार बिहान ११ वजेबाट ४ नं वडाको मतहरू ८ स्थानमा गणना चलिरहेको छ ।

उपमेयरमा कांग्रेकाका चित्रसेन अधिकारी चार ४७६, राप्रपाकी हिमला गुरुङ ती‍न हजार ७० ल्याएका छन् ।

 

सम्बन्धित शीर्षकहरु