Aafno Khabar

४२ पालिकाको नतिजामा एमाले पहिलो, माओवादी दोस्रो पार्टी

  • आफ्नो खबर
  • May 15, 2022 प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनमा ४२ पालिकाको अन्तिम परिणाम आउँदा नेकपा एमाले पहिलो पार्टी बनेको छ ।

एमालेले १५ पालिका प्रमुख र ११ पालिका उपप्रमुख जितेको छ । हालसम्मको नतिजाले माओवादी केन्द्रलाई दोस्रो पार्टीको रुपमा देखाएको छ ।

माओवादीले १३ पालिका प्रमुख र ६ पालिका उपप्रमुख जितेको छ । नेपाली कांग्रेसले भने १२ पालिका प्रमुख र २० पालिका उपप्रमुखमा विजय हासिल गरेको छ । २ पालिका प्रमुख जितेको एकीकृत समाजवादीले ३ पालिका उपप्रमुख आफ्नो पक्षमा पारेको छ ।

देभैभरीको प्रारम्भिक नतिजाले भने नेपाली कांग्रेसलाई अग्रता दिलाएको छ । कांग्रेसका देशैभरीका २७५ पालिका प्रमुखमा अग्रता बनाउँदा २३३ पालिका उपप्रमुखमा लिड गरेको छ ।

नेकपा एमालेले १८७ पालिका प्रमुख र २०४ उपप्रमुखमा अग्रता बनाएको छ । माओवादी केन्द्रले १०१ पालिका प्रमुख र १२३ उपप्रमुखमा अग्रता बनाएको छ । समाजवादीको १५ पालिका प्रमुख र १७ उपप्रमुखमा अग्रता छ ।

पोखरामा ४६ सय गणना, गठबन्धन अग्रता थपियो

पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १ सय २६ मतले अग्रता लिएका हुन् ।

निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १ हजार ९ सय ३७ मत ल्याएर पछ्याइरहेका छन् । मेयर तर्फ राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ९ सय २५ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन् । उनीहरूको मत अन्तर १ सय ४४ छ । पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।