Aafno Khabar

मोदी गाउँपालिकामा एमालेका हिरादेवी र विमलको अग्रता दोब्बर

  • आफ्नो खबर
  • May 15, 2022 प्रकाशित

पर्वत । मोदी गाउँपालिकामा एमालेले फराकिलो अग्रता लिएको छ । अध्यक्षमा एमाले उम्मेदवार हिरादेवी शर्माले १८७२ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार गुप्तबहादुर ठकुरीले १०९७ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा पनि एमालेका उम्मेदवार विमल लामीछानेले फराकिलो अग्रता बनाएका छन् । उनले १९३४ मत ल्याउँदा कांग्रेसका रामबहादुर प्रसाईंदे १०७० मत ल्याएका छन् ।

फलेवासमा एमालेका पदमपाणीले उछिने तिवारीलाई

फलेवास नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार पदमपाणी शर्माले अग्रता लिएका छन् । शर्माले १४०६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारीले १२७५ मत ल्याएका छन् ।

फलेवास नगरमा यसअघि कांग्रेस उम्मेदवार तिवारीले अग्रता लिएका थिए ।

यस्तै उपप्रमुखमा पनि एमाले उम्मेदवार मञ्जु अधिकारीको अग्रता कायम छ ।  उनले १३५८ मत ल्याउँदा माओवादी केन्द्रका शोभाकुमारी क्षेत्रीले १०६८ मत ल्याएकी छन् ।

कुश्मा नगरपालिकामा फराकिलो बन्दै कांग्रेसका जोशीको अग्रता

कुश्मा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

कुश्मा नगरपालिका वडा नम्बर १ को १२०० मत गणना हुँदा जोशीले ६५१ र नेकपा एमालेका उम्मेदवार गणेश पौडेलले ४२१ मत ल्याएका छन् ।

कुश्मा नगरको उपप्रमुखमा भने एमालेकी स्वस्थानी रिजालले अग्रता लिएकी छन् । उनले ५७४ मत ल्याउँदा माओवादी केन्द्रका शंकर गिरीले ४३८ मत ल्याएका छन् ।

वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसाक उम्मेदवार खगराज पौडेलको अग्रता छ । उनले ५७१ मत ल्याउँदा एमाले उम्मेदवार रामप्रसाद रिजालले ४४३ मत ल्याएका छन् । वडा नम्बर १ मा २४७७ मत खसेको थियो ।

 

सम्बन्धित शीर्षकहरु