पर्वत । फलेवास नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार पदमपाणी शर्माले अग्रता लिएका छन् । शर्माले १४०६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारीले १२७५ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा पनि एमाले उम्मेदवार मञ्जु अधिकारीको अग्रता कायम छ । उनले १३५८ मत ल्याउँदा माओवादी केन्द्रका शोभाकुमारी क्षेत्रीले १०६८ मत ल्याएकी छन् ।
कुश्मा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
कुश्मा नगरपालिका वडा नम्बर १ को १२०० मत गणना हुँदा जोशीले ६५१ र नेकपा एमालेका उम्मेदवार गणेश पौडेलले ४२१ मत ल्याएका छन् ।
कुश्मा नगरको उपप्रमुखमा भने एमालेकी स्वस्थानी रिजालले अग्रता लिएकी छन् । उनले ५७४ मत ल्याउँदा माओवादी केन्द्रका शंकर गिरीले ४३८ मत ल्याएका छन् ।
वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसाक उम्मेदवार खगराज पौडेलको अग्रता छ । उनले ५७१ मत ल्याउँदा एमाले उम्मेदवार रामप्रसाद रिजालले ४४३ मत ल्याएका छन् । वडा नम्बर १ मा २४७७ मत खसेको थियो ।
हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् ।
रावल १८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले ११९५ मत ल्याए ।
कांग्रेस र माओवादीको गठबन्धन रहेको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह १८७२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याए ।
यहाँ नेकपा एमाले र नेकपा एसबीच गठबन्धन थियो ।
वडा नम्बर १ र २ मा मा कांग्रेसका जयबहादुर शाही र चन्द्र रावल वडाध्यक्षमा निर्वाचित भएका छन् । ३ मा माओवादीका च्याँगा बोहरा निर्वाचित भए ।
४ मा कांग्रेसका रंगमति शाही (निर्विरोध) हुँदा ५ मा कांग्रेसका भरतजंग शाही निर्वाचित भएका छन् ।