Aafno Khabar

कुश्मा नगरपालिकामा फराकिलो बन्दै कांग्रेसका जोशीको अग्रता

  • आफ्नो खबर
  • May 15, 2022 प्रकाशित

पर्वत । कुश्मा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

कुश्मा नगरपालिका वडा नम्बर १ को १२०० मत गणना हुँदा जोशीले ६५१ र नेकपा एमालेका उम्मेदवार गणेश पौडेलले ४२१ मत ल्याएका छन् ।

कुश्मा नगरको उपप्रमुखमा भने एमालेकी स्वस्थानी रिजालले अग्रता लिएकी छन् । उनले ५७४ मत ल्याउँदा माओवादी केन्द्रका शंकर गिरीले ४३८ मत ल्याएका छन् ।

वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसाक उम्मेदवार खगराज पौडेलको अग्रता छ । उनले ५७१ मत ल्याउँदा एमाले उम्मेदवार रामप्रसाद रिजालले ४४३ मत ल्याएका छन् । वडा नम्बर १ मा २४७७ मत खसेको थियो ।

भक्तपुरमा नेमकिपाले दुई र कांग्रेसले दुुई वटा खाता खोल्यो

भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ ।

भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो ।

वडा नं १ को वडा अध्यक्षमा श्यामकृष्ण खत्री र वडा नं ३ को वडा अध्यक्षमा राजकृष्ण गोरा पूरै प्यानलसहित विजयी भएका हुन्को । यी दुवै उम्मेदवार  यसअघिको स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्ष  थिए ।

उता नेपाली कांग्रेसले पनि दुई वटा वडा जितेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं १ र २ मा वडा अध्यक्षमा विजयी भएको हो ।

वडा नं १ मा बाबुकाजी डंगोल विजयी भएका हुन् । त्यहाँं एक जना वडा सदस्य भने एमालेबाट विजयी भएका छन् ।

यता मध्यपुर थिमि नगरपालिका वडा नं २ मा पनि कांग्रेसकै श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

गोसाईकुण्ड गाउँपालिका २ मा कांग्रेस प्यानल नै विजयी

 

रसुवाको गोसाईकुण्ड गाउँपालिका २ मा वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १ सय ९७ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले १ सय ८७ मत ल्याए ।

गोसाईकुण्ड गाउँपालिका २ को वडा सदस्यमा सोनाम छिरिङ घले, कामी सेदार घले,  दलित महिला सदस्यमा लक्ष्मि परियार र महिला सदस्यमा किप्पा नगरकोटी विजयी भएका छन् ।

सम्बन्धित शीर्षकहरु