Aafno Khabar

काठमाडौं अपडेट : बालेनलाई पछ्याउँदै स्थापित

  • आफ्नो खबर
  • May 15, 2022 प्रकाशित

काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम छ । काठमाडौं महानगरका विभिन्न ७ वडाको मतगणना भइरहँदा शाहले ४३६५ मत ल्याएका छन् । शाहलाई पछ्याएको एमाले उम्मेदवार केशव स्थापितले २३०३ मत ल्याउँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले २०६७ मत ल्याएकी छन् ।

कांग्रेस र एमालेको संयुक्त मत भन्दा बालेनको मत धेरै

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढाइरहेका छन्।

पछिल्लो मतगणना अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन्। यो मत एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको संयुक्त मतभन्दा पनि धेरै हो।

बालेनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले २१४८ मत ल्याएर पछ्याइरहेका हुन्।गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १९३४ मत पाएकी छन्।

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ। छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन्। वडा नम्बर ३१ को मतगणना आज सुरू भएको हो। यसमा पनि बालेनले नै अग्रता लिएका छन्।

हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

राप्रपाले हेटौंडा उपमहानगरपालिकामा अग्रता बनाएको छ । हेटौंडामा ८८३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दिपक सिंह २ हजार ६६६ मतसहित अगाडि छन् ।

उनलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन् । गठबन्धनबाट मिना लामाले २ हजार ६३५ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले २ हजार ४१८ मत पाएका छन् ।

सम्बन्धित शीर्षकहरु