Aafno Khabar

भरतपुर महानगरमा रेनु दाहाललाई भेट्टाउनै सकेनन् सुवेदीले

  • आफ्नो खबर
  • May 15, 2022 प्रकाशित

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन् । २ हजार ५ सय ८१ मत गणना हुँदा रेनुले ९ सय ८० मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८ सय ७१ मत पाएका छन् । सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३ सय २६ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४ सय ७८,राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ३ सय ६७ मत ल्याएका छन् ।

यस्ताे छ ललितपुरकाे अवस्था 

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् ।

पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन् ।

महानगरको १ नम्बर वडा  कुपण्डोलको मत गणना भइरहदा नरसिंह व्यञ्जनकार ५ सय १५ मत ल्याएका छन् ।

कांग्रेसले यस वडामा ३ सय ४४ मतले पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन् । मतगणना जारी छ ।

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता कायमै

कैलालीकाे धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।

आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाएका छन्

एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत मात्र पाएका छन् । अहिले धनगढी-१ को मतगणना भइरहेकाे छ ।