भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ ।
भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो ।
वडा नं १ को वडा अध्यक्षमा श्यामकृष्ण खत्री र वडा नं ३ को वडा अध्यक्षमा राजकृष्ण गोरा पूरै प्यानलसहित विजयी भएका हुन्को । यी दुवै उम्मेदवार यसअघिको स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्ष थिए ।
उता नेपाली कांग्रेसले पनि दुई वटा वडा जितेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं १ र २ मा वडा अध्यक्षमा विजयी भएको हो ।
वडा नं १ मा बाबुकाजी डंगोल विजयी भएका हुन् । त्यहाँं एक जना वडा सदस्य भने एमालेबाट विजयी भएका छन् ।
यता मध्यपुर थिमि नगरपालिका वडा नं २ मा पनि कांग्रेसकै श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका २ मा वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १ सय ९७ मत ल्याएर विजयी भए ।
उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले १ सय ८७ मत ल्याए ।
गोसाईकुण्ड गाउँपालिका २ को वडा सदस्यमा सोनाम छिरिङ घले, कामी सेदार घले, दलित महिला सदस्यमा लक्ष्मि परियार र महिला सदस्यमा किप्पा नगरकोटी विजयी भएका छन् ।