Aafno Khabar

कुश्मा नगरपालिकामा कांग्रेसको विजयी सुरुवात

  • आफ्नो खबर
  • May 15, 2022 प्रकाशित

पर्वत । कुश्मा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार खगराज पौडेल विजयी भएका छन् ।

पौडेलले नेकपा एमालेका राम प्रसाद रिजाललाई पराजित गरे । कुश्मा नगरपालिकामा हिजोबाट मत गणना सुरु गरेको भए पनि एउटा वडाको मात्र नतिजा आएको हो ।

हिजोबाट सुरु गरिएको कुश्मा १ को मतगणना केहीबेर अगाडी मात्र सकिएकाे हो । कुश्मा १ मा २४ सय ७७ मत खसेको थियो ।

हाल कुश्मा नगरपालिकाको १४ वडाको पनि मत गणना भइरहेको छ । सो वडामा पनि कांग्रेस उम्मेदवार रुद्र मोहन रिमालले अग्रता लिएका छन् ।

काठमाडौंमा कांग्रेस र एमालेको संयुक्त मत भन्दा बालेनको मत धेरै

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढाइरहेका छन्। पछिल्लो मतगणना अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन्। यो मत एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको संयुक्त मतभन्दा पनि धेरै हो।

बालेनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले २१४८ मत ल्याएर पछ्याइरहेका हुन्।गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १९३४ मत पाएकी छन्।

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ। छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन्। वडा नम्बर ३१ को मतगणना आज सुरू भएको हो। यसमा पनि बालेनले नै अग्रता लिएका छन्।

सम्बन्धित शीर्षकहरु