Aafno Khabar

काठमाडौंमा बालेनको मत स्थापितको भन्दा दोब्बर

  • आफ्नो खबर
  • May 15, 2022 प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्।

पछिल्लो मतपरिणाम अनुसार बालेनले नेकपा एमालेका केशव स्थापितलाई झण्डै दोब्बर मतले पछि पारेका हुन् ।

बालेनको २०७१ मत हुँदा एमाले उम्मेदवार स्थापितको ११६४ मत आएको छ । त्यस्तै कांग्रेसकी उम्मेदवार सिजना सिंहको १००६ मत आएको छ ।

उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले १७४३, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले ५१६, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ५१३ र विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत ल्याएका छन् ।

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता

कैलालीकाे धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।

आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाएका छन्

एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत मात्र पाएका छन् । अहिले धनगढी-१ को मतगणना भइरहेकाे छ ।