काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।
त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।
नेपाली कांग्रेसकी मेयर पदका उम्मेदवार सिर्जना सिंहले ८२५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले १६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले १२६ र विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले १३ मत पाएका छन् ।
उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले १७४३, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ५१३ र विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत ल्याएका छन् ।
भरतपुर महानगरमा रेनु दाहाललाई भेट्टाउनै सकेनन् सुवेदीले
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन् । २ हजार ५ सय ८१ मत गणना हुँदा रेनुले ९ सय ८० मत पाएकी छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८ सय ७१ मत पाएका छन् । सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३ सय २६ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४ सय ७८,राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ३ सय ६७ मत ल्याएका छन् ।
यस्ताे छ ललितपुरकाे अवस्था
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् ।
पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन् ।
महानगरको १ नम्बर वडा कुपण्डोलको मत गणना भइरहदा नरसिंह व्यञ्जनकार ५ सय १५ मत ल्याएका छन् ।
कांग्रेसले यस वडामा ३ सय ४४ मतले पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन् । मतगणना जारी छ ।
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता कायमै
कैलालीकाे धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।
आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाएका छन्
एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत मात्र पाएका छन् । अहिले धनगढी-१ को मतगणना भइरहेकाे छ ।