Aafno Khabar

पर्वतको जलजलामा कांग्रेसभन्दा एमाले १२०६ मतले अघी

  • आफ्नो खबर
  • May 15, 2022 प्रकाशित

पर्वत । जलजला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीले अग्रता कायम राखेका छन् ।

अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार राजुप्रसाद आचार्यलाई १२०६ मतले लिड गरेका हुन् । अधिकारीको ३०६१ मत रहेको छ भने कांग्रेसका आचार्यको १८५५ मत रहेको छ ।

जलजलाको उपाध्यक्षमा पनि एमाले उम्मेदवार सुनिता वरुबालको अग्रता छ । वरुबालको २४३१ मत हुँदा कांग्रेसका दिपक आचार्यको १३२४ मत रहेको छ ।

पर्वतका सात स्थानीय तहमध्य कुश्मा नगरपालिकामा र बिहादी गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

फलेवास नगरपालिका, मोदी गाउँपालिका र महाशिला गाउँपालिकामा एमाले उम्मेदवारको अग्रता छ । पैयूँ गाउँपालिकामा भने एमाले र कांग्रेसका उम्मेदवारको कडा टक्कर देखिएको छ ।

बुलिङटारमा कांग्रेसको गढ तोड्दै एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

सुनारीले नेपाली कांग्रेसका उम्मेदवार शशि किरण बस्ताकोटीलाई एक सय ५९ मतले पराजित गरेका हुन् । उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् ।

पूर्व सांसद दामोदर बस्ताकोटीका छोरा उनलाई कांग्रेस नेता शशाङ्क कोइरालाको रुचिमा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा दोहोर्‍याइएको थियो ।

अध्यक्ष पदमा सुनारीले ४०५९ मत गरेका छन् भने बस्ताकोटीले ३९०० मत गरे । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना ४२३९ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

एमालेको तर्फबाट पालिका उपाध्यक्ष पदको उम्मेदवार भूमिका खण्डलुक मगरले ३५१९ मत प्राप्त गरिन् । गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सुनारीले मेकानिकल इञ्जिनियरिङ्गमा स्नातकोत्तर गरेका छन् ।

 

सम्बन्धित शीर्षकहरु