Aafno Khabar

रोकिएन बालेनको अग्रता, स्थापितलाई १६१ मतले पछि पारे

  • आफ्नो खबर
  • May 14, 2022 प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बानेल शाहले अग्रता कायमै राखेका छन्। करिब १८ सय मतगणनामा बालेनले ६३३ मतसहित अग्रता लिएका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन्। कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३५ मत ल्याएकी छन्।

यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६२ मत पाएका छन्।

यस्तै उपमेयरको प्रारम्भिक मतपरिणाममा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय देखिएकी छिन्।

प्रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले ६ सय २ मत ल्याएकी छिन् । एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँग पछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता भने ४ सय ७६ पुर्‍याएकी छिन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ र राप्रपाकी बिनिता मगैयाले बराबरी १ सय २६ मत ल्याएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याएकी छिन् । साझा पार्टीकी कृति तुलाधले ३५ मत ल्याएकी छिन् ।