Aafno Khabar

भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै

  • आफ्नो खबर
  • May 14, 2022 प्रकाशित

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो बन्दै गएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ७० मतले पछि पारेकी छन् ।

मतगणनाको प्रारम्भका अग्रस्थानमा देखिएका सुवेदी पछिल्लो समय पछि पर्दै गएका छन् ।भरतपुरमा ९५० मत गणना सकिँदा दाहालले ३७४ मत पाएकी छन्। एमालेका उम्मेदवार विजय सुवेदी ७० मतले पछि परेका छन्।  एमालेका सुवेदीले ३ सय ४ मत ल्याएका छन्।

त्यस्तै भरतपुरको उपप्रमुख पदमा पनि कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको फराकिलो अग्रता देखिएको छ ।

हालसम्म अधिकारीको पक्षमा ३ सय ५८ मत आउँदा राप्रपाका हिमला गुरुङ्गको २ सय १४ मत आएको छ ।

निकै चासोको रुपमा हेरिएको भरतपुरमा माओवादी केन्द्रले कांग्रेसलगायत पाँच दलसँग गठबन्धन गरेको छ भने नेकपा एमालेले राप्रपासँग तालमेल गरेको छ । गठबन्धनप्रति असन्तुष्टी जनाउँदै कांग्रेसको तर्फबाट जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पौडेलको उम्मेदवारीले दाहालको मत काट्ने आँकलन गरिए पनि हालसम्मको मतगणनामा त्यसको प्रभान नगन्य मात्रामा देखिएको बताइएको छ ।