काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् ।
शुक्रबार साँझ ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ र नेकपा एमालेकी मञ्जु गुरुङले २० मत पाएकी छन् ।
यता, वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।
वडा नम्बर ३१ को १५० मतगणना हुँदा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् । सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
मेयरमा नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत ल्याएका छन् । राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३९ मत ल्याएका छन् भने राप्रपाकी बिना जैयसवालले ५ मत ल्याएकी छन् ।