रोल्पा । माओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको रोल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ ।
गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्तिमतगर प्यानलसहित विजयी भएका छन् ।
यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र विप्लव नेकपाले गठवन्धन गरेका थिए । नगरपालिकाको मेयरमा माओवादीका ऋषिकेशव बुढामगरलाई उठाएको छ। यस्तै, कांग्रेस, एमालेको समर्थनमा विप्लव समूहबाट अमित घर्तिमगर उम्मेदवार छन् ।
माओवाीले हुम्लाको ताजाँकोट गाउँपालिकाका र रुकुमपश्चिमको सानोभेरी नगरपालिकामा अग्रता कायम गरेको छ ।
हुम्लाको माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार लाकेश जैसीले २३७ मत ल्याएका भने रुकुमपश्चिमको सानोभेरीमा प्रमुखमा विर्खबहादुर विष्टले ५४७ मत सहित छन् ।
हुम्लाको ताँजाकोटमा ४५७ मत गणना गर्दा एमालेका अजमल बुढाले १६१ मत प्राप्त गरेका छन् । पालिकाको उपाध्यक्षमा भने कांग्रेसका सुरेन्द्र थापाले २३६ र एमालेकी उपाध्यक्ष रूपचन्दा ऐडीले ७४ मत ल्याएकी छन् ।
ताजाँकोटमा पालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।
रुकुमपश्चिममा बिष्टका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् ।