काठमाडौं । मतदान सकिएको केही समयमा नै सुरु हुने भनिएका काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही समय लाग्ने देखिएको छ ।
मतपेटिका संकलनको काम भइरहेको र सर्वदलीय बैठक नै नबसेका कारण तत्कालै मतगणना सुरु हुने अवस्था नरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए ।
केही मतदान स्थलबाट मतपेटीका आउँन बाँकी रहेका कारण मतगणना सुरु हुन समय लाग्नेछ । केही मतपेटिका बुझ्न बाँकी रहेको र ती मतपेटिका बुझेपछि सर्वदलीय बैठक बस्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसपछि सर्वदलीय बैठकमा भएको सहमति अनुसार मतगणना सुरु गर्ने जिल्ला निर्वचन अधिकारी भट्टराईले बताए ।