काठमाडौं । नेपाली क्रिकेट टोली घरेलु मैदानमा बिहीबार नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० खेलको कोशेढुंगा पूरा गर्यो ।
त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलसँगै नेपालले ५० खेल पूरा गरेको हो । जुन खेलमा नेपालले ३७ रनको जित हात पार्यो ।
नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अलराउण्डर करण केसीको ५० विकेट र एकै खेलमा ह्याट्रिकसहित ५ विकेट समेत पूरा भयो ।
करण ६ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा प्लेयर अफ द म्याच घोषित हुने पहिलो नेपाली खेलाडी पनि बने । करणको २१ रन खर्चेर ५ विकेट लिएको बलिङ फिगर नेपाली बलर मध्यको उत्कृष्ट बलिङ फिगर हो ।