काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताउनु भएको छ । उहाँले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो ।
एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै दाहालले यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने धारणा राख्नुभयो ।
पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग एमसीसीबारे पार्टीभित्र हुने छलफलले अस्वीकार गरे आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने घोषणा समेत गर्नुभयो ।
अध्यक्ष दाहालले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने बताउनुभयो । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उहाँको धारणा छ ।
अर्को प्रसंगमा अध्यक्ष दाहालले सभामुखले पार्टी फुटाउन भूमिका खेलेको भनेर लगाइएको आरोपमा कुनै तर्क नै नरहेको जिकिर गर्नुभयो ।
सभामुखले संविधानअनुसार आफ्नो भूमिका खेल्दा पनि परिवर्तन विरोधी भूमिकामा रहेको एमालेले बखेडा झिकिरहेको उहाँको आरोप छ ।