पर्वत । पुष्पलाल (मध्यपहाडी) राजमार्गले सडक विस्तारका क्रममा पर्वतको खरेहा खण्डमा नाली खनेर अव्यवस्थित छाडेको नालीको ब्यवस्थापन गरेको छ ।
खरेहाको विद्यालय तथा स्वास्थ्य चौकी जाने मुख्य बाटो तथा अन्य ब्यक्तिगत कामका लागि मानिसहरुको धेरै आवात जावत हुने सो नालीको बिच भागमा भ्वाङ पारेर आयोजना हिडेको थियो ।
त्यस सम्बन्धमा आफ्नो खबर डट.कमले पोखरा बागलुङ सडकको खरेहा खण्डमा लापरबाही, आयोजना प्रमुख र वडा अध्यक्षको रहस्यमय मौनता शिर्षकमा समाचार प्रकाशन गरेपछि आयोजनाले तत्काल सो खण्डको नाली ब्यवस्थापन गरेको हो ।
नालीको बिचमा रहेको भ्वाङले मानविय क्षती हुन सक्ने भन्दै स्थानीयले आयोजनालाई पटक–पटक खबर गर्दा पनि आयोजना बेखबर बनेको स्थानीयले गुनासो गरेका थिए ।