सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेर एक प्रतिवेदन सार्वजनिक भएको छ ।
समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार ‘द कलेक्शन’ ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको बताएको दाबी गरेको छ ।
चीनको तर्फबाट चार सैनिकको ज्यान गएको बताइएको थियो तर योभन्दा नौ गुणा धेरै कम्तीमा ३८ चिनियाँ सैनिकको ज्यान गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यो प्रतिवेदनमा शोधकर्ता र चीनका ब्लगर्सलाई उद्धृत गर्दै सूचना दिइएको जनाइएको छ । सुरक्षाका कारण उनीहरूको नाम गोप्य राखेको बीबीसी हिन्दीले जनाएको छ ।
गएको १५ जुनमा लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो । चिनियाँ सेनातर्फ के–कति क्षति भएको थियो भन्नेबारेमा आधिकारिक विवरण आएको थिएन ।
त्यो घटनालाई भारत–चीन सीमामा पछिल्लो चार दशकमा भएको सबैभन्दा ठूलो झडप बताइएको थियो । त्यसयता अहिलेसम्म यी दुई देशबीच १४ चरणको सैन्य वार्ता भइसकेको छ तर अहिलेसम्म निष्कर्ष निस्किएको छैन ।