विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले यूरोप छिट्टै कोभिड महामारीबाट मुक्त हुने बताएको छ । डब्लूएचओका युरोप निर्देशक डा. हान्स क्लुगेले उच्च खोप दर, जाडोको अन्त्यसँगै ओमिक्रोन भेरियन्टको संक्रमण दर कम हुँदै जाने बताए ।
बिहीबार संञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उच्च सुरक्षाको यो अवधिलाई ‘युद्धविराम’ को रूपमा हेर्नु पर्ने बताए । यसले स्थायी शान्ति ल्याउन पहल गर्ने उनको भनाई छ ।
धेरै युरोपेली राष्ट्रहरूले कोभिड १९ प्रतिबन्ध समाप्त गरेपछि यो दिन छिट्टै आउने उनले विश्वास व्यक्त गरे । यद्यपी युरोपेली राष्ट्रले खोप अभियानलाई जारी राख्नुपर्ने उनको भनाई थियो ।
डेनमार्क यस हप्ताको सुरुमा मास्क लगाउनुपर्ने लगायतका सबै नियम हटाउने युरोपमा पहिलो राष्ट्र बनेको छ ।
त्यहाँ अझै पनि केहि घटना तुलनात्मक रूपमा उच्च भए पनि उच्च खोपको दरले गम्भीर रोगबाट जोगाउन मद्दत पुग्ने अधिकारीको भनाई छ ।