Aafno Khabar

मधेशमा जनमत पार्टीको बितण्डा

  • आफ्नो खबर
  • February 3, 2022 प्रकाशित

महोत्तरी । जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले किसानको माग नसुनेको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहित रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास–६ का विनोदकुमार महतो, बलवा नगरपालिका–६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका–१ का वडाध्यक्ष वीरेन्द्र महतो रहेका छन् ।

यसअघि पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिरहाको सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर समेत तोडफोड गरेका थिए ।

बिहानैदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध गरी आन्दोलन गरिरहेका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । जनमत पार्टीका कार्यकर्ताले गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो ।