Aafno Khabar

स्वास्थ्यका नाममा बाहिरिने करोडौं रकम रोक्दै काठमाडौं प्याथ ल्याब

  • आफ्नो खबर
  • December 19, 2021 प्रकाशित

काठमाडौं । बिगत दश बर्ष देखि संचालनमा रहि पाँच सय भन्दा बढी प्रकारका राेगको परीक्षण र पचास भन्दा बढी परीक्षण, जसको नेपालका कुनै प्रयाेगशालामा गरीदैन अहिले काठमाडौं प्याथले आफ्नो सेवामर्फत परीक्षण सम्भब बनाएको छ । प्याथ सेवा सञ्चालनमा ,स्वास्थ्यको क्षेत्रमा नेपालको अवस्था सामान्य भन्दा माथि उठ्न नसकेको धेरै भइसक्यो ।

सरकारी स्वामित्वका स्वास्थ्य क्षेत्रमा मौलाउँदो राजनीति र अस्थिर व्यवस्थाका कारण माथि उठन सकेका छैनन् भने नीजि क्षेत्रले पनि स्वास्थ्यको क्षेत्रमा लगानी गर्न हिचकिचाइ रहेका छन् । सरकारले स्वास्थ्यमा न पर्याप्त लगानी गर्न सकेको छ न नीजि क्षेत्रलाई प्रोत्साहनका कार्यक्रम ल्याउन नै सकेको छ । यो विकराल अवस्थाबाट गुज्रेको नेपालमा पहुँचवाला नागरिकले विदेशमा गएर उपचार गराइरहेका छन् भने सामान्य आर्थिक अवस्था भएका नागरिक उपचार नपाएरै आफ्नो ज्यानको आहुती दिन बाध्य छन् ।

स्वास्थ्य नै मानवको सबैभन्दा ठूलो सम्पती हो भनिन्छ । तर, यो सम्पती जोगाउँन नेपाली विभिन्न देश जानुपर्ने बाध्यता विकराल छ। विभिन्न तथ्याङ अनुसार नेपालमा जटिल किसिमका रोगहरुको परीक्षण गराउनका लागि भन्दै वार्षिक करोडौ रकम विदेशिने गरेको छ । नेपालमा उपलब्ध ल्याबहरुमा जटिल रोगको परीक्षण गर्ने सुविधा नै छैन् ।

सरकारले अरबौ लगानी गरेर त्यस्तो किसिमको ल्याब सञ्चालन गर्ने आँट नै गर्दैन भने नीजि क्षेत्र पनि अस्थिरतामा लगानीका लागि हिचकिचाउने गरेका छन् । नेपालमा सहयोग गर्ने दातृसंस्थाले पनि नेपालको यो समस्या समाधान गर्नका लागि काम गरेको पाइदैन् ।

नेपालका यी समस्यालाई नजिकबाट नियालिरहेका परदेशी नेपाली नेपालको स्वास्थ्य समस्या समाधानका लागि कम्मर कस्ने आँट गरेका छन् । विश्वका विभिन्न भूगोलमा बसे पनि नेपालप्रतिको माया त कहाँ कम हुन्थ्यो र बरु देशमा विपत पर्दा होस वा नेपालका नागरिक समस्यामा पर्दा होस प्रवासी नेपालीले दिल खोलेर गरेको सहयोगले यो कुरा पुष्टि गरेको छ ।

हो, यीनै मनकारी नेपालीहरुले फेरी एकपटक देशप्रतिको माया दर्शाउन खोजेका छन् । स्वास्थ्य समस्याको विकराल अन्त्य गर्दै । अमेरिका, क्यानडा र अष्ट्रेलियामा बस्दै आएका नेपालीहरु तथा स्थानीय लगानीकर्ता तथा बिषेशज्ञहरू संग मिलेर नेपालमा अत्याधुनिक ल्याब परीक्षण केन्द्रको संचालन गर्ने कामको शुभारम्भ गरेका हुन।

परीक्षण अभावमा जटिल रोगको अवस्था नै थाहा नपाई मृत्यु बरणको मुखमा पुग्ने नेपालीको समस्या समाधानमा एन आर एन नेपालीले काम गर्ने सोच बनाएका हुन । विशेषज्ञ चिकित्सकको सुविधासहित एनआर एन नेपालीहरुले काठमाडौंको महाराजगञ्जमा काठमाडौं प्याथ सेवा सुरु गरेका हुन् ।

यो ल्याबमा विश्वका उत्कृष्ट स्वास्थ्य सेवामा प्रदान हुदै आइरहेका देशहरुमा जस्तै सुविधा दिएर रोगको परीक्षण हुने उनीहरुको भनाई छ । १५ करोड रुपैयाँको लगानीमा स्थापना भएको काठमाडौं प्याथ ल्याब पूर्ण रुपमा सञ्चालमा आएपछि धेरै रोगहरुको परीक्षणका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने संस्थाका कार्यकारी अधिकृत पुष्प लामिछानेले जानकारी दिनुभयो । नेपालमा हिस्टोप्याथोलोजीको दयनिय अवस्था देखेर आफूहरुले यसमा लगानी गरेको उहाँको भनाई छ ।

काठमाडौं प्याथोलोजीलाई सञ्चालनमा ल्याएपछि नेपालको ल्याब परीक्षणको दयनिय अवस्थाको अन्त्य हुने विश्वास लिएको लामिछाने बताउनुहुन्छ । ल्याबमा ५०० प्रकारका रोगको परीक्षण गरिनेछ । ल्याबमा विशेष गरेर मृगाैलाको पत्थरी भए पछि गरीने परीक्षण kidney stone analysis लाइ FTIR Spectrum विधिबाट हेरेर बारम्बार हुन नदिन, विशेष प्रकारले बिश्लेषण गरीनेछ भने क्यान्सर रोग उपचारका लागि विशेष प्रविधिको प्रयोग गरिनेछ ।

यसका अलबा रक्तअल्पता, रक्तश्राब भएका बिरामीको परीक्षण पनी गरीन्छ।ल्याबलाई अन्तराष्ट्रिय स्तरको बनाउँनका लागि अमेरिकाका विभिन्न अस्पतालमा कार्यरत बिशेषज्ञहरू बाट तालिमको पनी व्यवस्था गरिएको उहाँको भनाई छ । काठमाडौं प्याथले आईएसओ मान्यता पनि प्राप्त गरिसकेको र आइएसओ मान्यता पाउने यो ल्याब नेपालको दोस्रो भएको संस्थाले जनाएको छ ।

अमेरिकाको HARVARD बिश्वबिलद्यालय अन्तर्गतका अस्पतालमा ११ वर्ष सेवा गर्नुभएका उमेश पनेरु नेपालमा गुणस्तरीय परीक्षण भित्रयाउन विशेष रुपमा कम्मर कसेर अगाडी बढनु भएको संस्थाले जनाएको छ । काठमाडौं प्याथ ल्याब लाइ पनी अमेरीका,क्यानडा अस्टेलियाका अस्पतालमा गरीने परीक्षणका बिभिन्न प्रबिधि भित्रयाएर गुणस्तरिय कायम राख्ने सपनाका साथ संचालकहरू अगाडी बढेकाे संस्थाले जनाएको छ ।

नेपालबाट धेरै परीक्षणहरू बिदेश पठाउन पर्ने बाध्यता रहेकाले Dr Shiva Raj kc, Dr Shovana Thapa, Dr Subash Maharjan तथा एनअरएन टिम र स्थानियकाे संयुक्त लगानीमा काठमाडौं प्याथ ल्याब सञ्चालन गरीएकाे हाे। टिचिङ अस्पताल, पाटन अस्पताल तथा आइएफसिएच अस्पतालमा लामो समयसम्म काम गरेका चिकित्सक यस संस्थामा आवद्ध रहेका छन् ।

ल्याब पूर्ण रुपमा सञ्चालनमा आएसँगै संस्थाले Galaxy speciality clinic नामक क्लिनिकल सेवा पनि सञ्चालन गरेको छ। अत्याधुनिक मेसिनसहितको ल्याब र क्लिनिकमा विभिन्न १५ बिधाका चिकित्सकहरुले सेवा प्रदान गर्ने कार्यकारी अधिकृत लामिछानेले बताउनुभयो ।

यस अस्पतालले अनुभवि कर्मचारी का साथै छिटाे, गुणस्तरीय र उचित मुल्यमा सेवा प्रदान गर्ने गरेको छ। नेपालका स्वास्थ्य संस्थाको बेथिती अन्त्यका लागि तथा सामान्य नागरिकका लागि पनि हरेक किसिमको उपचारमा सहज पहुँच पुर्याउनका लागि आफूहरुले यो सुरुवात गरेको उनीहरुको भनाई छ ।

ब्यापारीक उद्देश्य भन्दा पनि नेपालमा सर्वसुलभ स्वास्थ्य सेवाका लागि यो संस्था सञ्चालमा ल्याउन लागिएको संस्थाले जनाएको छ । ल्याब पूर्ण सञ्चालमा आएसँगै परीक्षणका लागि मात्रै करोडौं रुपैयाँ विदेशिने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।