Aafno Khabar

कांग्रेस सहमहामन्त्रीमा देउवा पक्षका दुई र कोइराला पक्षका एक उम्मेदवार विजयी

  • आफ्नो खबर
  • December 16, 2021 प्रकाशित

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दलित क्लस्टर अन्तर्गत कांग्रेस सहमहामन्त्री पदमा जीवन परियार विजयी भएका छन्।

यस्तै महिला तर्फ देउवा प्यानलकी महालक्ष्मी उपाध्याय ‘डिना’ र आदिवासी जनजातितर्फ देउवा प्यानलका भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

परियारले मानबहादुर विश्वकर्मालाई पराजित गरेका छन्। परियारले २२१२ मत ल्याए भने विश्वकर्माले २१७५ मत ल्याए। महिला सहमहामन्त्रीकी उम्मेदवार उपाध्यायले २५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा विजयी भएकी हुन्।

उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन्। अआदिवाीि जनजातितर्फका उम्मेदवार आङदेम्बेले २७११ मत ल्याए भने उनका प्रतिद्धन्दी विकास लामाले १९१३ मत मात्र पाए ।

कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको थियो।

बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस(आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।