काठमाडौं । कांग्रेसबमे १४ औं महाधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसके पछि दोस्रो चरणमा मतदान हुन लागेको हो ।
दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा र शेखर कोइराला भिड्ने छन् । दोस्रो चरणको मतदानमा बिमलेन्द्र निधि र प्रकाशमान सिंहको मत निर्णायक हुने भएको छ ।
उनीहरुको मत आफ्नो पक्षमा पार्नका लागि नेताहरुको दौडधुप सुरु भइसकेको छ । गृहमन्त्री तथा देउवाका विश्वास पात्र बालकृष्ण खाँण प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् ।
उनी शेरबहादुर देउवाको पक्षमा मत माग्नका लागि चाक्सीबारी पुगेका हुन् ।